समाज


राशिफल २६ असोज : मकरको लक्ष्यप्राप्ति हुने, कन्यालाई दिनको उत्तरार्ध अधिक सुखद रहने, तपाईँको के?

राशिफल २६ असोज : मकरको लक्ष्यप्राप्ति हुने, कन्यालाई दिनको उत्तरार्ध अधिक सुखद रहने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज २६, २०८१ शनिबार ४:४०, काठमाडौँ

आज शनिबार, २६ असोज २०८१ (१२ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुनेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। पुनर्मिलनको योग छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : आयव्यय बराबरी रहनेछ। वैदेशिक कार्यमा सफलता नपाइएला। आत्मबल बढाएर काम गर्नुपर्ने देखिन्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुन्छ। साँझपख बढी पैसा खर्च हुन्छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : नयाँ समाचार सुन्न पाइनेछ। विशिष्ट व्यक्तिबाट सहयोग प्राप्त होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभचिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। सरकारी निकायको भय रहनेछ, अत: सावधान रहनुहोला।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : दिनको उत्तरार्ध अधिक सुखद रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य छाउनेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। घर व्यवहारमा झमेला रहला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा प्रगति हुँदैन।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : मनमा शान्ति छाउनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। लक्ष्यप्राप्तिको योग देखिन्छ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी छाउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा पुग्ला। साँझमा प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

मीन : सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। दैनिक कार्यमा प्रगति हुनेछ। बोलीको भरमा सङ्कल्पसिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad