समाज


भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास (तस्बिरहरू)

भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास (तस्बिरहरू)

सरोज बैजु
असोज २५, २०८१ शुक्रबार १२:५०, काठमाडौँ

सरकार नेतृत्वकर्ता नेकपा एमालेले आज (असोज २५ गते) केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका-२ मा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन्।  

पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले जमिन उपलब्ध गराएका हुन्। एमाले महासचिव शंकर पोखरेलले एमाले पार्टी कार्यालय भवन बनाउन गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको जानकारी दिए। 

शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थियो। 

शिलान्याश कार्यक्रममा जग्गादाता गुरुङ पनि सहभागी भएका थिए। 

एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने जनाएको छ। 

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा कार्यालय सञ्चालन गरिएको थियो।

पछिल्लोपटक च्यासलस्थित पार्टी कार्यालयमा पनि हालै बाढी पसेपछि स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउन लागिएको एमालेको भनाइ छ। 

बिहीबार बसेको एमाले सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो।

हेर्नुहोस् शिलान्यासका तस्बिर

हेर्नुहोस् शिलान्यासको लाइभ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad