समाज


पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

नेपालखबर
असोज २४, २०८१ बिहिबार ११:५४, काठमाडौँ

पर्वतमा स्कार्पियो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। 

पोखराबाट १२ जना दसैँका यात्रु बोकेर गन्तव्यतर्फ जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी महाशिला गाउँपालिका–५ लंखुमा दुर्घटनामा परेको हो। 

बुधबार राति करिब १० बजे गाडी सडकबाट झन्डै एकसय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रवीन विष्टले जानकारी दिए।

‘घाइतेमध्ये बढी चोट लागेका पाँच जनालाई जिल्ला अस्पताल कुश्मामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै पोखरा पठाइएको छ,’ डीएसपी विष्टले नेपालखबरसँग भने, ‘पाँच जना घाइते कुश्मामै उपचारपछि डिस्चार्ज भइसकेका छन्।’

महाशिला गाउँपालिका–५ का १५ वर्षीय दिनेशजंग गुरुङ, महाशिला ३ की ४५ वर्षीय पवित्रा गुरुङ, महाशिला ५ का ओमबहादुर मल्ल र सोही ठाउँकी ४३ वर्षीया प्रमीला सिंह ठकुरीलाई थप उपचारको लागि पोखरा लगिएको हो। 

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डीएस्पी पाठकले जानकारी दिए। 

तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल खसेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad