समाज


गोरखामा २८ वर्षीया महिलाको मध्यराति हत्या, पति वैदेशिक रोजगारीमा

गोरखामा २८ वर्षीया महिलाको मध्यराति हत्या, पति वैदेशिक रोजगारीमा

नेपालखबर
असोज २४, २०८१ बिहिबार ११:२९, काठमाडौँ

गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको बुधबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए। 

‘ती महिलाका पति विदेशमा रहेको खुलेको छ,’ एसपी पाठकले नेपालखबरसँग भने, ‘राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी रश्मीको हत्या गरेका हुन्।’ 

रश्मी सात वर्षीय एक छोराको साथमा घरमा बस्दै आएकी थिइन्। 

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रश्मीको उपचारको क्रममा बिहीबार बिहान तनहुँको दमौली अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ नगरिएको एसपी पाठकले बताए। 

‘हत्याको कारण खुलेको छैन। केही व्यक्ति हाम्रो निगरानीमा छन्,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ। चाँडै अपराधि पक्राउ पर्छन्।’

धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो।

उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि राति नै दमौली अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad