कारोबार


यात्रुले फेरि खोलिदिए बुद्ध एयरको आपत्‌कालीन ढोका, ९ दिनमा ३ घटना

यात्रुले फेरि खोलिदिए बुद्ध एयरको आपत्‌कालीन ढोका, ९ दिनमा ३ घटना

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८१ बिहिबार ११:५२, काठमाडौँ

आज (बिहीबार) बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको आपत्‌कालीन ढोका एक यात्रुले खोलिदिएका छन्। 

बुद्ध एयरले दिएको जानकारीअनुसार बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो।

यस क्रममा यात्रुले विराटनगर विमानस्थलमा विमानको आपत्‌कालीन ढोका खोलिदिएका हुन्। 

आपत्‌कालीन ढोका

यात्रुले आपत्‌कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ। 

योसमेत ९ दिनभित्र बुद्धका विमानमा यात्रुले आपत्‌कालीन ढोका खोलिदिएका ३ घटना भइसकेका छन्। 

बुद्ध एयरले दिएको जानकारीअनुसार अक्टोबार २ मा विराटनगरबाट काठमाडौँ, अक्टोबर ७ मा नेपालगन्जबाट काठमाडौँ र आज (अक्टोबर १०) फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयर विमानको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन्। 

त्यसरी आपत्‌कालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरिएको बुद्ध एयरले जनाएको छ। 

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ। 

त्यसबाहेक उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।

आपत्‌कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै यात्रुलाई जानकारी गराएका हुन्छन्।

आपत्‌कालीन ढोका अत्यावश्यक अवस्थाबाहेक खोल्न मिल्दैन, यसले उडान सुरक्षामै असर पार्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad