ad ad

समाज


चीनपछिकै कोरोना ग्रस्त क्षेत्र बन्यो इटली, देश नै ठप्प पारियो

चीनपछिकै कोरोना ग्रस्त क्षेत्र बन्यो इटली, देश नै ठप्प पारियो

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:२२,

सोमबारदेखि मंगलबार बिहानसम्मको तथ्यांकअनुसार इटलीमा एकै दिनमा एक सय जनाको मृत्यु भएको छ।

यस्तै इटलीमा सोही अवधिमा १७ सय ९७ जनाले संक्रमित बढे। हाल इटलीमा ४ सय ६३ को मृत्यु भइसक्दा त्यहाँ संक्रमितको संख्या ९ हजार १ सय ७२ पुगेको छ।

चीनमा भने वितेको २४ घण्टामा मात्र १७ जनाको मृत्यु भयो, १९ जना संक्रमित बने। यसको अर्थ चीनमा कोरोनाको प्रकोप नियन्त्रण हुँदै गर्दा बाहिर प्रकोप बढ्दै गएको छ।

यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आपतकालीन उपाय अपनाएको छ।

६ करोड जनसंख्या भएको इटलीका सबै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्। हाल इटालीको सबै शहर ठप्प पारिएका छन्।

हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ। हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट प्रभावित मुख्य देशहरु
१. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु

२. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु

३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु

४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु

५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु

६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु 

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .