कारोबार


पर्वतारोहीबारे एजेन्सीले सबै विवरण विभागलाई दिनुपर्ने, यस्तो छ ११ बुँदे सूचना

पर्वतारोहीबारे एजेन्सीले सबै विवरण विभागलाई दिनुपर्ने, यस्तो छ ११ बुँदे सूचना

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:३२,

पर्यटन विभागले पर्वतारोहण गतिविधिलाई व्यवस्थित ११ बुँदे सूचना जारी गरेको छ। विभागकी निर्देशक मिरा आचार्यले २०२० को वसन्त ऋतुमा हुने पर्वतारोहण थप व्यवस्थित बनाउन सूचना जारी गरेकी हुन्।

सूचनामा पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा अनिवार्य जानकारी गराई स्वीकृति गर्नुपर्ने उल्लेख छ। आरोहण गर्दा लैजाने तथा प्रयोग गर्ने सामग्रीको सूची दुईप्रति विभागमा उपलब्ध गराउनुपर्नेछ।

आरोहण अनुमति माग्दा बीमा गरेको कागज सम्बन्धित एजेन्सीले सुरक्षित राख्नुपर्ने, पर्वतारोहण जाने दलसम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरे पनि मात्रै अनुमतिपत्र जारी हुने, अनुमतिपत्र जारी भएको १५ दिनपछि मात्र प्रमाणपत्र जारी हुने सूचनामा उल्लेख रहेको छ।

त्यस्तै आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेश गर्नुपर्ने, आपत्कालीन उद्धार गरिएका पर्यटकलाई आधुनिक उपकरण भएका सुविधासम्पन्न अस्पतालहरुमा लैजाने व्यवस्था गर्नुपर्ने, डि–ब्रिफिङका समयमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलसम्बद्ध सम्पूर्ण विवरण पेश गर्नुपर्ने सूचना जारी गरिएको छ।

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .