ad ad

समाज


चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ

चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:११,

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसको उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहर पहिलोपटक पुगेका छन्।

मंगलबार सी वुहान पुग्नासाथ हुवोसेनस्याङ अस्पतालमा पुगेको सिन्ह्वाले जनाएको छ।

सी वुहान पुगेलगत्तै न्युयोर्क टाइम्सले लेखेको छ, ‘सी कोरोना भाइरसको उद्गमस्थल नै पुग्नुले चीनले कोरोनको आपतकालीन अवस्था टरेको संकेत दिएको बिश्लेषण गर्न सकिन्छ।’

वुहान त्यस्तो शहर हो, जहाँ सबैभन्दा बढी मानिस कोरोनाबाट मरेका छन् र संक्रमित बनेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले उक्त अस्पतालमा चिकित्सकहरुले कोरोना संक्रमितलाई कसरी उपचार गरिरहेका छन् भन्नेबारे जानकारी लिएका छन्।

सीले कोरोनाको उपचार र सहायतामा खटेका चिकित्सक, सेना, समाजसेवी र प्रहरी अधिकारीसँग कोरोनाको रोकथामबारे छलफल पनि गरेका छन् र कोरोना रोकथाम गर्न सफल भएकोमा धन्यवाद दिएका छन्।

Xi at Hubei

केहि दिनयता चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएको देखिएको छ। वुहानमा पनि संक्रमितको संख्या घट्दै गएको छ।

सोमबारदेखि मंगलबारसम्म चीनमा मात्र १९ जना कोरोनाबाट संक्रमित बने भने १७ को ज्यान गयो। यो संख्या अन्य मूलुकमा भन्दा निकै न्युन हो।

किनभने सो अवधिमा इटलीमा एकै दिनमा सय जनको मृत्यु भएको छ। र त्यहाँ संक्रमितको संख्या पनि चीनमाभन्दा धेरै संख्याले बढ्दै गएको छ। हाल इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ९ हजार १ सय ७२ पुगेको छ।

इटलीले संक्रमित र मृतकको दरमा दक्षिण कोरियालाई उछिनेको हो। अब इटली चीनपछि सबैभन्दा कोरोनाग्रस्त क्षेत्र हो।

हालसम्मको तथ्यांकअनुसार चीनमा ३ हजार १३६ को मृत्यु भएको छ। त्यहाँ ८० हजार ७ सय ५४ संक्रमित छन्।

संक्रमित र मृतक दरमा वुहानकै नागरिकहरु बढी प्रभावित छन्। तर चिनियाँ राष्ट्रपतिको वुहान भ्रमणले सकारात्मक सन्देश दिएको अनुमान गरिएको छ। चीनले अब चीनमा कोरोना नियन्त्रण भइसकेको सन्देश दिएको अनुमान गरिएको छ।

वुहानको अस्थायी अस्पतालहरु बन्द हुने क्रम जारी छ। अधिकारीहरुका अनुसार हालै वुचाङ फङक्याङ अस्पताल बन्द गरिएको छ। संक्रमितहरु निको हुन थालेपछि अस्पताल बन्द गरिएको हो।

हालसम्म विश्वमा ६३ हजार ९१३ जनाको कोरोना उपचारपछि स्वस्थ बनेका छन्। तीमध्ये धेरै बिरामी चीनकै हुन्।

मंगलबार बिहानै पिपुल्स डेलीले एक लेख प्रकाशित गरेको थियो। त्यसको शिर्षक थियो ‘वुहानको जित हुपेइको जित हो र हुपेइको जित चीनको जित हो।’ उक्त लेखमा चीनले कोरोना नियन्त्रणमा लिइसकेको उल्लेख गरिएको छ।

यस्तै सिन्ह्वाले बिहानै लेखेको थियो, ‘युद्ध जारी छ तर हामी जित नजिक पुग्यौं’

सी वुहान पुग्नुलाई चाइनिज एकेडेमी अफ गभर्नेन्सका प्रोफेसर झु लिजिया भन्छन, ‘ठूलो उपलब्धी हासिल भएको छ र चीन कोरोना भाइरस युद्धको परिवर्तनको विन्दुमा पुगेको छ।’
–एजेन्सीको सहयोगमा

यो पनि।

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .