समाज


नेपालमा तीन मौसम प्रणालीको प्रभाव, राति कस्तो होला मौसम?

नेपालमा तीन मौसम प्रणालीको प्रभाव, राति कस्तो होला मौसम?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज २१, २०८१ सोमबार १८:४५, काठमाडौँ

हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ। देशका पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि छ।

जसका कारण यतिबेला (सोमबार साँझ) देशको पहाडी भेगमा आंशिक बदली रही कोसी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ। 

महाशाखाका अनुसार आज राति  कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरैजसो स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका पनि थोरै स्थानबाट मनसुन हटिसकेको छ भने देशका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad