समाज


नेपालको पश्चिमी क्षेत्रबाट हट्यो मनसुन

नेपालको पश्चिमी क्षेत्रबाट हट्यो मनसुन

प्रतीकात्मक तस्बिर : मनसुन


नेपालखबर
असोज २०, २०८१ आइतबार १८:९, काठमाडौँ

नेपालको पश्चिम क्षेत्रबाट मनसुन (बर्खायाम ल्याएको मौसम प्रणाली) हटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरैजसो स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका पनि थोरै स्थानबाट आजदेखि मनसुन हटेको हो। 

महाशाखाले आइतबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ: आज मिति २०८१ असोज २० (अक्टोबर ६) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको छ।

मनसुनी वायु कमजोर हुँदै गएको र केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम महाशाखाले जानकारी दिएको छ। 

हेर्नुहोस् बुलेटिन-

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो।

तर यस वर्ष मनसुन  औसत मितिभन्दा ३ दिन छिटो जुन १० तारिखमा भित्रिएको थियो भने बाहिरिन पनि औसत मितिभन्दा ४ दिन ढिलागरी पश्चिमबाट सुरु गरेको हो।

नेपालमा पूर्वबाट भित्रिने मनसुन जसरी क्रमश: पश्चिमतर्फ फैलिँदै गएको थियो, त्यसैगरी बाहिरिँदा पनि पश्चिमबाट क्रमश: हट्दै पूर्वबाटै बाहिरिन्छ। 

मनसुन पूरै नेपालबाट बाहिरिएपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्। पोस्ट मनसुन अंग्रेजी महिना नोभेम्बरभर रहन्छ। त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad