ad ad

समाज


बिहे गर्ने भनेर एक युवकले बोलाएपछि पुगेकी १९ वर्षीय युवतीलाई चार जनाले गरे बलात्कार, चारै युवक पक्राउ

बिहे गर्ने भनेर एक युवकले बोलाएपछि पुगेकी १९ वर्षीय युवतीलाई चार जनाले गरे बलात्कार, चारै युवक पक्राउ

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १२:४, काठमाडौँ

दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन्। 

बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए।

१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। 

किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चारजनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए। 

सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .