ad ad

समाज


राशिफल १८ असोज : मेषलाई समस्या आइलागे पनि हल निस्कने, मीनको मित्रले नै कुरा काट्ने, तपाईँको के?

राशिफल १८ असोज : मेषलाई समस्या आइलागे पनि हल निस्कने, मीनको मित्रले नै कुरा काट्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज १८, २०८१ शुक्रबार ४:४४, काठमाडौँ

आज बार,  असोज २०८१ ( अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : समस्या आइलागे पनि हल समेत निस्कनेछ। मनोरञ्जनमा सहभागी भइएला। मित्रहरूबाट सहयोग जुट्नेछ। विभिन्न कार्य सम्पन्न हुनेछन्। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : मित्र वर्गको सहयोग पाइनेछ। नयाँ र शुभ कार्यको योजना बनाउने तथा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँका रमाइला यात्रा हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम रहेको छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाब लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट : सुखदुःख बराबरी हुनेछ। काम बिगार्नेहरू सक्रिय रहनेछन्। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिन्छ। सामाजिक कामबाट सफलता मिल्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : रमाइलो यात्राको योग छ। रोकिएका काम पुनः सुरु हुनेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन्। अचल सम्पत्ति हात पर्न सक्छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

धनु : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : रोकिएका काम पूरा हुनेछन्। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहनेछ र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन्। लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अनावश्यक धन खर्च हुनेछ, मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .