ad ad

समाज


धादिङको परेवाभिरको पहिरो हटाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन

धादिङको परेवाभिरको पहिरो हटाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८१ मंगलबार ९:२, काठमाडौँ

पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक गएरातिदेखि खुलेको छ। 

धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढको सडकखण्ड सोमबार राति करिब ८ बजेदखि अवरुद्ध भएको थियो।  

सुख्खा पहिरो हटाएपछि गएराति करिब २ बजेदखि यो राजमार्ग गएर गाडी गुड्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरी गाउँलेकाको जेसिभी,  डोजर लगायतका उपकरणको सहयोगमा पाँच घण्टापछि सडक एकातर्फ खुलेको हो। 

परेवाभिरमा सोमबार साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठूलो पहिरो खस्दा रातको समयमा झण्डै ६ घण्टा यात्रु सडकमै राकिएका थिए। 

पहिरोले रोकिएका सवारी साधन गएरातिदेखि नै गन्तव्यतिर लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .