ad ad

समाज


राशिफल १५ असोज : मकरको प्रशंसकबाटै आलोचना हुने, मीनको धनमाल हराउने, तपाईँको के?

राशिफल १५ असोज : मकरको प्रशंसकबाटै आलोचना हुने, मीनको धनमाल हराउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज १५, २०८१ मंगलबार ४:४१, काठमाडौँ

आज मंगलबार, १५ असोज २०८१ (१ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वस्थ प्रतिकूल हुन सक्छ, तर आत्मबल बढाएमा अस्वस्थतालाई जित्न सकिनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : मन पर्ने वस्त्र उपहार पाइनेछ। भ्रमण र तीर्थाटनको योग रहेको छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : पुनर्मिलनको योग छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा बोलीको विपरीत अर्थ लाग्न सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमीकाबीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : आँटेको र ताकेको कार्य पूरा होला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : दिन भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धाबाट फाइदा होला। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा विजयी भइनेछ। सेयर बजारले धोका दिन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : सुखदुःख बराबरी रहनेछ। मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकबाटै आलोचना होला। कसैले मान र सम्मानमा आघात पर्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९  र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : साथीभाइसँग रमाइलोमा समय बित्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकको व्यक्तिबाट कार्य सम्पादनमा सहयोग हुनेछ। धार्मिक र शुभ कार्यमा संलग्न भइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .