ad ad

समाज


चाडपर्वलक्षित सुरक्षाका लागि प्रहरी तयार, काठमाडौँमा कसरी हुँदैछ गस्ती?

चाडपर्वलक्षित सुरक्षाका लागि प्रहरी तयार, काठमाडौँमा कसरी हुँदैछ गस्ती?

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १५:१९, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो।

प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ।

त्यस्तै एटीएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ। 

पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए।

प्रहरीले व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्ने बताउँदै उनले धार्मिक मठमन्दिर तथा जात्राहरूको सुरक्षा गर्ने पनि बताए। 

उनले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरूमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए। 

त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाइ छ।

त्यस्तै, प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ।

एटीएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए। 

प्रहरी वरिष्ठ उपरुीक्षक रजौरेले शक्तिपीठहरूमा विशिष्ट व्यक्तिहरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए। 

त्यसैगरी, खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरूमा पनि प्रहरी परिचालन गरिने उनले बताए।

टिकट काउन्टरहरूले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .