अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय आइडियल कलेजमा अध्ययनरत उनी बिदामा नेपाल आएर दुई साताअघि मात्र अस्ट्रेलिया फर्किएका थिए।
रुघाखोकीको समस्या देखिएपछि उननले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराएका थिए। शनिबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
तर त्यहाँको स्वास्थ्य विभागले उनको परिचय गोप्य राखेको छ।
3
Shares

प्रतिक्रिया