ad ad

समाज


जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार

भाग्दै गरेको अवस्थामा जनकचोकबाट सत्यम झा पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार

नेपालखबर
असोज ७, २०८१ सोमबार ८:९, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट नौ जना थुनुवा फरार भएका छन् ।

सोमबार बिहान साढे ३ देखि ४ बजेको समयभित्र पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। 

‘फरार नौ जनामध्ये सत्यम झा नामका थुनुवालाई केहीबेरअघि जनकपुरको जनकचोकबाट पक्राउ गरेका छौँ,’ डीएसपी अवाले नेपालखबरसँग भने, ‘बाँकी फरारहरुको खोजी कार्य चलिरहेको छ।’

फरार थुनुवा लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत पक्राउ परेका थिए।  फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्।

थुनुवा कक्षको ड्युटीमा एकजना प्रहरी बसेका अवाले बताए। ‘हिरासत कक्षको फलामको डण्डीहरु तोडेर उनीहरु भागेको छेखिन्छ,’ उनले भने।

फरार भएका थुनुवाहरूको खोजीका लागि सम्भावित ठाउँमा बिहानैदेखि ‘सर्च’ अभियान चलाएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .