ad ad

समाज


सुरक्षा माग्दै प्रहरीकोमा पुगे सीके राउत र श्रीमती सोनी सिन्धु रानी

सुरक्षा माग्दै प्रहरीकोमा पुगे सीके राउत र श्रीमती सोनी सिन्धु रानी

नेपालखबर
असोज ३, २०८१ बिहिबार १५:५८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) र उनकी श्रीमती सोनी सिन्धु रानी सुरक्षा माग्दै प्रहरी कार्यालयमा पुगेका छन्। केहीदिनअघि राउत श्रीमतीबाटै असुरक्षित भएको भन्दै ललितपुरस्थित प्रहरी प्रभाग इमाडोल पुगेका हुन्। 

अध्यक्ष राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए। त्यसपछि पनि उनीहरूबीचको विवाद भने रोकिएको छैन। 

ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार, केहीदिनअघि अध्यक्ष राउतले श्रीमतीबाट असुरक्षा भएको भन्दै निवेदन दिएका थिए। 

आज (बिहीबार) उनकी पत्नी सोनी पनि प्रहरीकोमा सुरक्षा माग्न पुगेको सुवेदीले नेपालखबरलाई जानकारी दिए। 

‘डा. साब (सीके राउत) ले श्रीमतीबाट असुरक्षित भएँ, सुरक्षा गरिपाउँ भनेर प्रहरी प्रभाग इमाडोलमा ३-४ दिन अघि नै निवेदन दिनुभएको हो,’ सुवेदीले भने, ‘उहाँको मेडम पनि सातदोबाटोमा सम्पर्क राख्न आउनुभएको छ। निवेदन त दर्ता भएको छैन, प्रहरी कार्यालयमा चाहिँ आउनुभएको छ।’

राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन्।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी तराईका केही जिल्लामा प्रभावशाली देखिएको थियो।

पार्टी गठन गरेको एक वर्षमै जनमत राष्ट्रिय दल बन्न सफल भएको थियो।

मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। 

पछिल्लो समय उनको लगाव अध्यात्म, योग तथा ध्यानतिर देखिएको छ। उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .