समाज


कृषि बैंकका शाखा अधिकृत बैंकिङ कसुरमा पक्राउ

कृषि बैंकका शाखा अधिकृत बैंकिङ कसुरमा पक्राउ

नेपालखबर
असार १८, २०७६ बुधबार ११:३७,

कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्कका तत्कालिन शाखा अधिकृत छविलाल ढकाल बैंकिङ कसुरमा पक्राउ परेका छन्।

ढकालले बैंकको छाप, दस्तखत तथा लेटर प्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी बैंकलाई एक करोड १० लाख ८० हजार रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।

शाखा अधिकृत ढकाल र काठमाडौंको बबरमहलस्थित एम/एस एम के–वाई पी जे/भी का आधिकारिक प्रतिनिधीहरु रणधिर तुम्बा र देवजंग शाही समेतको मिलेमतोमा बैंकलाई हानि नोक्सानी पुर्याउने बदनियत राखी १० जुन २०१६ मा ५५ लाख ५० हजार र ५५ लाख ३० हजारका गरी दुईवटा नक्कली अग्रिम भुक्तानी जमानत (एपीजे) तयार गरेको सीआईबीको अनुसन्धानले देखाएको छ।

सीआईबीका अनुसार गत २०७३ असार ३ गते साविक जिल्ला प्राविधिक कार्यालय भोजपुर र एम/एस एम के–वाई पी जे/भी बीच भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सड्क स्तरोनन्तीको १२करोड ५५ लाख ९७हजार सात सय ५४रुपैयाँमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरिएको थियो।

उक्त नक्कली अग्रिम भुक्तानी जमानत (एपीजे) बैंकका कर्मचारी छविलाल ढकालले तयार गरि एम/एस एम के–वाई पी जे/भीका आधिकारिक प्रतिनिधिहरुलाई दिएका थिए।

सो बैंक ग्यारेन्टी मार्फत पहिलो किस्ता रु ५५ लाख ३० हजार र दोस्रो किस्ता ५५ लाख ५० हजार गरि जम्मा एक करोड १० लाख ८० हजार रुयैयाँ साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट भुक्तानी लिइसकेको अवस्था छ।

उक्त ठेक्काको म्याद गत ०७५ असार १६ सम्म रहेकोमा हाल ठेक्का स्थगित भएको जनाइएको छ।

सो कार्यमा संलग्न तीनैजनालाई सोमबार पक्राउ गरी उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .