ad ad

समाज


मेषको बोलीको प्रशंसा हुने, वृषको पुरानो समस्या सुल्झने, तपाईंको के? हेर्नुस् ३० भदौको राशिफल

मेषको बोलीको प्रशंसा हुने, वृषको पुरानो समस्या सुल्झने, तपाईंको के? हेर्नुस् ३० भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ ३०, २०८१ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, ३० भदौ २०८१ (१५ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।     

वृष : साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

मिथुन : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : सुखद् यात्राको योग पनि छ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

सिंह : परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। घुमफिर र भ्रमणमा दिन बित्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : दिन घरमै मनोरञ्जनपूर्ण रहला।  युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।   घरमा अतिथिको आगमन पनि हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : कडा परिश्रम व्यर्थै खेर जान सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ, तर जनताको गतिलो समर्थन पनि मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन्। शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : पारिवारिक समस्या आइपर्ला। घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने।कालो रङको प्रयोग नगर्ने।

मकर : गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ। सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ। चलाखी पूर्ण बोलीले काम बन्ला। नजिकको मित्रसँग भेटघाट हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।  

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९. सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ : यो राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ। भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्नसक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।

मीन : धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, शुभ समाचार सुन्न पाइएला, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला। आज चुनौती चिर्दै काम बनाउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .