ad ad

समाज


वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो– युवा सम्मेलन आयोजना गर्छौँ

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो– युवा सम्मेलन आयोजना गर्छौँ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १८:२८, काठमाडौँ

नेकपा (एमाले) ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकी रहेका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरूका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो।

कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरूको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। 

‘पार्टीको वार्षिक कार्य योजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ। वार्षिक कार्ययोजना भित्र हामीले १८ वटा विषयहरु समावेश गरेका छौँ। पार्टी सदस्यता नविकरण, विस्तार र अभिलेखिकरणको कामलाई कार्य योजनाको पहिलो विषय बनाइएको छ,’ उनले भने।

कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ। त्यसैगरी, पार्टीमा युवाहरुलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ।

महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरूलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताए। 

एमालेले समावेश गरेको १८ वटा विषयवस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने, असोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ। 

‘नियमित रुपमा अधिवेशनहरुको आयोजना र व्यवस्थापनको काम खासगरी केही जिल्लाहरुमा अधिवेशन हुन बाँकी छ। यसलाई कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्ने योजना बनाएका छौँ। र सबै तहका अधिवेशनहरु मंसीर मसान्त भित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ,’ उनले भने, ‘त्यसैगरी पार्टी प्रवेश गरेका र  विभिन्न कमिटीका अधिवेशनहरु विदा भएकाहरुका लागि ३ महिना भित्र पार्टीको तर्फबाट यथोचित जिम्मेवारी दिने सन्दर्भमा सम्बन्धित कमिटीले गृहकार्य गर्ने हिसावको योजना बनाइएको छ। अर्को पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकनको एउटा विधि स्थापित गर्ने योजना बनेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .