ad ad

समाज


प्रेस चौतारी अध्यक्ष बस्नेतसँग साइबर ब्यूरोको सोधपुछ

प्रेस चौतारी अध्यक्ष बस्नेतसँग साइबर ब्यूरोको सोधपुछ

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:५३, काठमाडौँ

नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग साइबर ब्यूरोले सोधपुछ गरेको छ।

बस्नेतविरुद्ध साइबर क्राइमको आरोपमा उजुरी परेपछि बिहीबार दिउँसो टेलिफोन गरेर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।

तर प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरेको आशंका गरिएको छ। बागबजारस्थित हार्दिक होटलमा पनि प्रेस चौधरी नेपालको कार्यक्रम भइरहँदा प्रहरी टोली पुगेको थियो। 

नेपाल पत्रकार महासंघले बस्नेतलाई समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको भन्दै निन्दा गरेको छ।

दिउँसो एक छलफल कार्यक्रममा सहभागी रहेका बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबर्जस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेको महासंघले जनाएको छ।

प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरेको र यस घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ।

पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बस्नेतलाई पक्राउ गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। प्रहरीले पक्राउ गर्ने प्रयास गरेको भन्दै पोखरेलले आपत्ति जनाएका छन्।

तर ब्यूरोका प्रवक्ता अवस्थीले भने, ‘उहाँविरुद्ध उजुरी परेको छ। पीडितको उजुरीपछि उहाँलाई टेलिफोन गरेर सोधपुछ गरेका हौं, अरु केही होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .