ad ad

समाज


सुर्खेत उडेको ८ मिनेटमै श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

सुर्खेत उडेको ८ मिनेटमै श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार १०:४६, काठमाडौँ

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। 

सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। 

इन्डिकेटरमा समस्या देखिएकाले जहाज उडेकाे केहीबेरमै अवतरण गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। 

उनले यात्रुलाई अर्को जहाजमा सुर्खेत पठाइएको बताए।

‘आकस्मिक अवतरणपछि अर्को जहाजमा यात्रुलाई सुर्खेत लगिएको छ,’ मानन्धरले नेपालखबरसँग भने, ‘इन्डिकेटरको समस्या देखिएको जहाज पनि मर्मतपछि उड्ने तयारीमा छ। याे सानाे समस्या मात्रै हाे, ठूलाे हाेइन।’

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको जानकारी दिएका छन्।  

‘सोमबार बिहान काठमाडौँबाट सुर्खेतका लागि उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको छ,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .