समाज


अर्घाखाँची अपडेट : झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए, दुई सकुशल

अर्घाखाँची अपडेट : झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए, दुई सकुशल

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:३३, काठमाडौँ

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका छन्। 

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको प्रहरी निरीक्षक (एन्स्पेक्टर) दीपेन्द्र रावलले नेपालखबरलाई जानकारी दिए। 

सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad