ad ad

राजनीति


अहिलेको सरकार ‘काले काले मिलेर खाऊँ भाले’ वालाको : वर्षमान

अहिलेको सरकार ‘काले काले मिलेर खाऊँ भाले’ वालाको : वर्षमान

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन्।                                  

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए।                                   

‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरूले हामीलाई सरकारबाट निकाले, कांग्रेस–एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन्। उहाँ हामी दुवैको साझा मान्छे हो। उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो।’

आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो।

ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऊँ वालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .