ad ad

समाज


काठमाडौँका यी स्थानमा जाँदैछ आज ८ घण्टा बिजुली

काठमाडौँका यी स्थानमा जाँदैछ आज ८ घण्टा बिजुली

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १०:२७, काठमाडौँ

काठमाडौँका विभिन्न स्थानमा आज आठ घण्टा बिजुली बत्ती जाँदैछ। 

मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४  बजेसम्म काठमाडौँका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएकाले बिद्युत् सेवा अवरुद्ध भएको जानकारी गराएको हो। 

के ३ सव स्टेशन अगाडी पानीट्यांकी, अनामनगर सिंहदरबार पूर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो अस्पताल अगाडी, प्रभु बैंक अगाडी धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएमसम्मको क्षेत्रमा बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .