समाज


कोरोनाको त्रासः पक्लिहवा क्याम्पस एक हप्ता बन्द

कोरोनाको त्रासः पक्लिहवा क्याम्पस एक हप्ता बन्द

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ९:१३,

भैरहवामा रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस एक हप्ताका लागि बन्द गरिएको छ।

कोरोना भाइरस संक्रमण फैलनसक्ने त्रासका कारण क्याम्पस आजदेखि चैत १ गतेसम्मका लागि बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

बिहीबार दिउँसो २ बजेसम्म सम्पुर्ण छात्राबास खाली गर्न पनि क्याम्पसले विद्यार्थीहरुलाई सूचित गरेको छ।

आगामी चैत २ गतेदेखि क्याम्पस पुनः सुचारु हुने सूचनामा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad