चिनियाँ राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित जापान भ्रमण कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको छ।
अप्रिलमा हुने भनिएको भ्रमण तत्कालका लागि रोकिएको जापानी क्याबिनेट सचिवल योसिहिदे सुगाले जानकारी दिए।
सीको राजकीय भ्रमणको तयारीलाई चीन–जापान सम्बन्ध सुधारको संकेतका रुपमा हेरिएको थियो। यसअघि चिनियाँ राष्ट्रपतिले सन् २००८ मा जापानको राजकीय भ्रमण गरेका थिए।
यद्यपि औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति सी २००९ मा पनि जापान पुगेका थिए। एजेन्सी

प्रतिक्रिया