ad ad

समाज


एउटा वकिलमा देखिएको कोरोना संक्रमणले १ हजार मानिस क्वारेन्टाइनमा

एउटा वकिलमा देखिएको कोरोना संक्रमणले १ हजार मानिस क्वारेन्टाइनमा

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ४:०,

अमेरिकाको राजधानी न्युयोर्कमा एक वकिलको परिवारै कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूका सम्पर्कमा आएका झन्डै १ हजार जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको छ।

न्युयोर्कको म्यानहटनमा ल फर्म सञ्चालन गरिरहेका ती वकिललाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनका परिवारका सबै सदस्यको नमुना परीक्षण गरिएको थियो।

परीक्षण क्रममा ती वकिलका पत्नी, २० वर्षीय छोरो र र १४ वर्षीया छोरी अर्थात् पूरै परिवारलाई संक्रमण भएको पाइयो।

त्यसपछि उनकाे सम्पर्कमा आएका अन्यकाे पनि खाेजी गर्दै स्वास्थ्य परीक्षण गर्न थालियाे। 

त्यस क्रममा ती वकिललाई उपचारका लागि गाडीमा अस्पताल लैजाने छिमेकीलाई समेत गरी उनको सम्पर्कमा आएका ९ जनालाई कोरोना संक्रमण पुष्टि भयाे।

संक्रमित ती सबैकाे सम्पर्कमा आएका व्यक्ति हिसाब गर्दै जाँदा झन्डै १ हजार मानिसलाई सुरक्षित स्थान अर्थात् क्वोरेन्टाइनमा राख्नुपर्ने भएको हो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु रोसेलमा संक्रमित वकिल परिवारसमेत सहभागी भएको यहुदीहरूको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययनरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका कैयौं विद्यार्थी र वकिलको ल फर्ममा काम गर्ने ७ कर्मचारी तथा ती वकिल आउने/जाने गरेका मेट्रो नर्थ ट्रेनका यात्रु सबै गर्दा झन्डै १ हजार जना कोरोना संक्रमणको आशंकामा परेका हुन्।

ती सबैलाई सेल्फ क्वारेन्टाइनमा राख्न त्यहाँको स्वास्थ्य विभागले निर्देशन दिएको समाचारमा उल्लेख छ।

कोरोनाले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु
कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

पछिल्लोपटक अमेरिकी सहर क्यालिफोर्नियामा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको हो।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्टनजिक रहेको अस्पतालमा ७१ वर्षीय पुरुषको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको हो।

अमेरिकाको १६ राज्यमा कोरोना संक्रमण फैलिसकेको छ भने डेढ सय संक्रमित भइसकेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

यस्तै विश्वभरि ९० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण ३ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .