ad ad

समाज


प्रहरीमा ३० वर्षे हटाउने आदेशविरुद्धको भ्याकेटमा शुक्रबार सुनुवाइ हुने

प्रहरीमा ३० वर्षे हटाउने आदेशविरुद्धको भ्याकेटमा शुक्रबार सुनुवाइ हुने

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:१६, काठमाडौँ

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने कि नरहने भन्ने शुक्रबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले दिएको भ्याकेट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले शुक्रबार नै पेसी तोकेको हो।

बिहीबार न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले उक्त भ्याकेट निवेदनमा शुक्रबार सुनुवाइ गर्न पेसी तोकेको छ। 

आदेशमा भनिएको छ, ‘सबै रिट निवेदकहरु नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरुमा कार्यरत रहेको भन्नने देखिन आएकोले नेपाल प्रहरी महानिरीक्षक मार्फत आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वारा सबै निवेदनहरुलाई गराई नियमानुसार पेश गर्नु।’

यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना र डीआईजी विष्णुकुमार केसीले छुट्टा छुट्टै रिट दायर गरेका थिए। उनीहरुको रिटमा सर्वोच्चले ३० वर्षे सेवा अवधिका कारण अवकास हुन भनि प्रहरी किताबखानाले दिएको पत्र तत्काल कार्यन्वयन नगर्न र काममा निरन्तरता दिन पेशी तोकिदिएको थियो।

सर्वोच्चको आदेशसँगै भदौ १६ बाट अवकासमा जानु पर्ने ८९ प्रहरी सेवामा रहने भएपछि गृहसचिव एकनारायण अर्यालले अन्तरिम आदेश बदर गर्नका लागि निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदी र शर्माको इजलासले दुवै पक्षलाई छलफलमा झिकाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .