ad ad

समाज


आज धेरैको भाग्यशाली अङ्‌क १, तपाईँको कुन? हेर्नुस् ११ भदौको राशिफल

आज धेरैको भाग्यशाली अङ्‌क १, तपाईँको कुन? हेर्नुस् ११ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ ११, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मंगलबार, ११ भदौ २०८१ (२७ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष : गोपनीय ढङ्गका क्रियाकलापमा सफलता पाउनुहुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। गोप्य कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ला। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। मनमा दोधारको अवस्था सिर्जना होला। मध्य दिनमा राम्रो खबर पाइनेछ तर खर्च पनि हुनेछ र आर्थिक सङ्कटले सताउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कर्कट : ऐतिहासिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। दैनिक कार्यमा प्रगति हुँदै जानेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा पारिवारिक घुमघाम हुन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य नै राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राका अवसर प्राप्त होलान्।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : लामो समयदेखि रोकिएका वैदेशिक कार्य पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला : सानातिना समस्यामा अल्झनुपर्नेछ। लगानी गर्नु उपलब्धिमूलक हुँदैन। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि धन खर्च भने अवश्य हुनेछ। मध्य दिनमा नयाँ र शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ ज्ञान मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ लगानीबाट आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मारिएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

मकर : आफन्तसँग रमणीय यात्रा हुनेछ। दिन मनोरञ्जनपूर्ण रहला। पुरानो समस्या सुल्झाउन पनि सुल्झनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम सफल हुनेछ। यसका लागि केही धन भने खर्च होला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : झुटा आरोप लाग्न सक्छ। राजनीतिमा लाग्नेहरूलाई नयाँ योजना कार्यान्वयनमा ल्याउन बाधा आइपरे पनि जनताको समर्थन पाउँदा सफल भइनेछ। सार्वजनिक पद पाउने योग छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : परोपकारका क्षेत्रमा लगानीको समय छ। समय उत्साहजनक छ। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ र सल्लाह पाइनेछ। आर्थिक सहयोग पनि रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नसोच्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .