ad ad

समाज


आज संसद्का ५ समितिको बैठक बस्दै

आज संसद्का ५ समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८१ आइतबार ११:११, काठमाडौँ

संघीय संसद् अनतर्गतका पाँच समितिको बैठक आज बस्दैछ । 

प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

समितिले आज बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्दैछ। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। समितिको ४४ औं बैठकमा आज त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुनेछ। 

यस्तै, संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने) प्रतिवेदन, २०७१ ले वैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा पनि आजको बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ। 

पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि.को निवेदन उपर पनि आजको बैठकमा छलफल हुनेछ। 

बिहान ११ बजेकै लागि बोलाइएको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ। 

कृषि समितिको सभाहलमा दिउँसो १ बजेका लागि बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरुको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल हुनेछ। 

यसैगरी आज दिउँसो १ बजे सार्वजनिक लेखा समितिको ३२ औं बैठक बस्दैछ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुल सम्बन्धी विषयमा आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .