ad ad

समाज


तनहुँ दुर्घटनामा बुवाआमा गुमाएका २२ वर्षीय सन्दीप अझै बेपत्ता, प्रहरीले थाल्यो खोजी

तनहुँ दुर्घटनामा बुवाआमा गुमाएका २२ वर्षीय सन्दीप अझै बेपत्ता, प्रहरीले थाल्यो खोजी

नेपालखबर
भदौ ८, २०८१ शनिबार २२:९, काठमाडौँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएकोे दुर्घटनामा अझै एकजना बेपत्ता रहेको खुलेको छ।

भारतबाट सोही बससँगै आएको अर्को बसका आफन्त र घाइतेहरूले दिएको विवरण अनुसार २२ वर्षीय गोकर्णी सन्दीप सरोदे नदीमै बेपत्ता रहेको पाइएको हो। 

यसबारे शनिबार दिउँसो खबर पाएपछि प्रहरीले गोताखोरको टिम परिचालन गरेर खोजी कार्य सुरु गरिसकेको छ।

जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, अझै एकजनाको बेपत्ता रहेको पाइएपछि शनिबार दिउँसोबाटै खोजी थालिएको छ। 

‘खबर आयो। भेरिफाइ गर्दैछौँ। भेटिएको छैन। सर्च जारी छ,’ उनले नेपालखबरसँग भने, ‘यो विषयमा हामी भोलिसम्म थप जानकारी गराउछौँ।’

प्रहरी स्रोतका अनुसार, बेपत्ता भएका सरोदेका बुवाआमा पनि सोही दुर्घटनामा परेर निधन भएको पाइएको छ। यसबारे प्रहरीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने तयारी गरेको छ।

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए। मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। 

बाँकी १६ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेलाई भेट्न शनिबार दिउँसो भारत सरकारकी राज्यमन्त्री युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्से काठमाडौँ आएकी थिइन्। 

उनी काठमाडौँबाट चितवन पुगेर शवसहित भारत फर्किसकेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .