ad ad

समाज


काठमाडौँमा भदौरे झरी (तस्बिरहरू)

काठमाडौँमा भदौरे झरी (तस्बिरहरू)

सरोज नेपाल
भदौ ५, २०८१ बुधबार १७:१९, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ। मंगलबार रातिदेखि सुरु भएको झरी काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा परिरहेको छ। 

झरीका कारण सुदूरपश्चिमका तराई भू–भाग पनि डुबानमा पर्न थालेका छन् भने अन्य प्रदेशमा पहिरो लगायतका प्रकोपहरू सुरु भएका छन्। 

उपत्यका आसपासका नदी किनारमा पनि सतह बढेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

दिनभरको झरीका कारण काठमाडौँमा हिँड्‌डुल गर्नेहरूलाई समस्या भएको छ। कलेज, कार्यालय तथा विभिन्न पेसामा रहेकाहरू झरी परेपछि प्रभावित बनेका हुन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .