सार्वजनिक यातायातमा भाडा छुट दिने लक्जेमबर्ग विश्वकै पहिलो मूलुक बनेको छ।
सार्वजनिक रेल, बस, ट्रली चढ्दा अब त्यहाँ कसैले भाडा तिर्नुपर्ने छैन।
गत शनिबार लक्जेमबर्ग सरकारले यो नयाँ घोषणा गरेको छ। यस घोषणासँगै त्यहाँका मध्यमवर्गीय परिवारहरु खुशी भएका छन्।
सरकारले नयाँ योजनाले आफ्दो देशमा प्रदूषण कम हुने पनि अपेक्षा गरेको छ।
लक्जेमबर्गमा ६ लाख जनसंख्या छ। तर कामका सिलसिलामा दैनिक २ लाख १४ हजार मानिसहरु सवारी साधन चढ्छन्।
जर्मनी, बेल्जियम र फ्रान्सका कामदारहरु कार लिएर काममा आउँछन्। भाडा छुट भएपछि उनीहरुले लक्जेमबर्गकै यातायातमा चढ्ने र यसले प्रदूषण न्यूनीकरण हुने अपेक्षा गरिएको छ। एजेन्सी

प्रतिक्रिया