समाज


पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १२:४२,

सरुवा भएका प्रहरीको पैसाखाने पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोग तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा भर्ना भएका जवानहरु तालिम सकिएर सरुवा भएपछि पनि उनीहरुको नाममा आएको रकम बुझ्ने डीआईजी शाह, लेखापाल प्रहरी नायव निरीक्षक दीपेन्द्रप्रसाद पनेरु र लेखा सहायकविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

उनीहरुले विभिन्न शीर्षकमा ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टचार गरेको अख्तियारको दाबी छ।

२०७२ वैशाख २७ गते भर्ना भएका १०३ जना प्रहरी जवान त्यही वर्षको माघमा सरुवा भएको ठाउँबाटै तलब खाने गरी गएका थिए। तर, उनीहरुको माघ र फागुन महिनाको तलबवापत ३१ लाख ८ हजार ४ सय ६ रुपैयाँ भ्रष्टचार गरेको अख्तियारले जनाएको छ।

यस्तै १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २०७२ माघमा दुई दिनको एक लाख ४९ हजार ६ सय १६ रुपैयाँ किर्ते दस्तखत गरी हिनामिना गरेको आरोप छ।

अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव बिशंखेले मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा लेखा परीक्षण गर्दा बदनियत गरेको भन्दै कारबाहीको माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad