खेल


खप्तड गोल्डकपको उपाधि आयोजक सुदूरपश्चिम–११ लाई

खप्तड गोल्डकपको उपाधि आयोजक सुदूरपश्चिम–११ लाई

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १२:२९,

चौथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि आयोजक सुदूरपश्चिम–११ ले उचालेको छ।

धनगढी रंगशाला मंगलबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।

दुई पटक सेमिफाइनलमा पराजित बनेको सुदूरपश्चिम प्रतियोगिताको नयाँ च्याम्पियन समेत हो।

उपाधिसँगै घरेलु टोलीले २१ लाख १ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको थ्री स्टारले १० लाख १ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।

घरेलु टोलीलाई उपाधि दिलाउन विक्रमसिंह ठकुरीले निर्णायक गोल गरे। खेलको २८ औं मिनेटमा फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै विक्रमले जाली चुमाएका थिए।

खेलको २२औं मिनेटमा विक्रमसिंह ठकुरीकोको प्रहारलाई थ्री स्टारका कप्तान विक्रम लामाले हेडमार्फत गोललाइनबाट क्लियर गरिदिएका थिए। ४३औं मिनेटमा सुशीलल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरी गर्नबाट चुक्यो।

प्रतियोगिताको उदीयमान खेलाडी सुदूरपश्चिमका विष्णु चौधरी बने।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता सुदूरपश्चिमकै विक्रम सिहं बने। उनले ३ खेलमा ५ गोल गरेका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदुरपश्चिमका विक्रम सिहं ठकुरी बने। सर्वोत्कृष्ट खेलाडी बनेका उनले एक थान मोटरसाइकल प्राप्त गरे।

अन्य विधागततर्फ उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुशील राई, उत्कृष्ट गोलरक्षक थ्रीस्टारका पूर्ण चेम्जोङ, उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमका धनबहादुर थापा, उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमका रोहित भण्डारी बने। विधागततर्फका विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।

सुदूरपश्चिम स्पोट्र्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोलीले भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad