चीनमा कोरोना भाइरसबाट संक्रमित बिरामीको फोक्सो प्रत्यारोपण गरिएको छ।
पूर्वी चीनको जियाङसु प्रान्तस्थित वुसी पिपुल्स हस्पिटलमा शनिबार सो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको चिकित्सकहरुले बताएका छन्।
ती ५९ वर्षीय पुरुष बिरामीलाई जनवरी २६ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको फोक्सोले काम गर्न छोडेको थियो।
उनलाई मस्तिष्क मृत्यु भएका दाताको फोक्सो प्रत्यारोपण गरिएको छ। सो फोक्सो अर्कै प्रान्तबाट तीव्र गतिको रेलमा राखी उक्त अस्पताल पुर्याइएको थियो।
डा. चेन जिङयु नेतृत्वको चिकित्सक टोलीले पाँच घण्टा लगाएर प्रत्यारोपण सम्पन्न गरेको थियो।
उनले यो शल्यक्रिया अत्यन्त जोखिमपूर्ण भएको बताएका छन्।
सबै सर्जनहरुले कोरोनाबाट बच्न शरीर पूरै ढाक्ने सुट लगाएर शल्यक्रिया गरेका थिए।
प्रत्यारोपण गरिएको फोक्सोले बिरामीमा राम्ररी काम गरिरहेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया