कोरोना संक्रमणको आशंकामा आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा भर्ना गरिएका सबै चारजनाको स्वास्थ्य परिक्षणको रिपोर्टमा त्यस्तो कुनै लक्षण देखिएन।
सबै लक्षणहरु सामान्य देखिएपछि उनीहरुलाई आज (मंगलबार) नै अस्पतालबाट डिस्चार्ज गर्न लागिएको सो अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले नेपालखबरसँग भने।
‘उहाँहरु सबैको रिपोर्टमा कोरोनाको लक्षण देखिएन। कुनै समस्या नभएकोले उहाँहरुलाई अब डिस्चार्ज गर्ने तयारी हुँदैछ,’ बाँस्तोलाले भने।
कोरियाबाट आएका ३ जना र चीनबाट आएका १ जना पुरुषमा रुघाखोकी, ज्वरो लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई आइतबार सो अस्पतालको छुट्टै –आइसोलेसन) वार्डमा भर्ना गरिएको थियो।
चेकजाँचका लागि उनीहरुबाट आवश्यक नमूना संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। सोको रिपोर्ट मंगलबार आउँदा उनीहरुमा कुनै समस्या नभएको पाइएको हो।
उनीहरु कोरिया र चीनबाट फर्केपछि आआफ्ना घर पुगेका उनीहरु रुघाखोकी, ज्वरो लगायतका समस्या देखिएपछि टेकु अस्पताल आउँदा डाक्टरले परिक्षण आवश्यकता ठानी आइसोलेसन वार्डमा राखी परिक्षण गरेका थिए।

प्रतिक्रिया