इरानस्थित चिनियाँ राजदूतावासले कोरोनाको त्रासपछि इरानबाट आफ्ना नागरिक फर्काउने योजना बनाएको मंगलबार ग्लोबल टाइम्सले जनाएको छ।
चीनले मंगलबार राति नै इरानमा विशेष बिमान पठाउने योजना पनि बनाएको टाइम्सले जनाएको छ।
चीनबाहिर कोरोनाबाट सबैभन्दा ग्रस्त मूलुकमध्ये इरान पनि एक हो। इरानमा हालसम्म २ हजार ३३६ जना कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ७७ को मृत्यु भएको छ।
चीनमा हालसम्म ८० हजार १५१ मा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ २९ सय ४३ को मृत्यु भइसकेको छ।
विश्वभर भने ९२ हजार १५३ संक्रमित छन्। हाल चीनमा संक्रमितको संख्या घट्न थालेको छ। बाहिरी मूलुकमा भने संक्रमित बढ्न थालेका छन्।

प्रतिक्रिया