ad ad

समाज


उड्डयन प्राधिकरणविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

उड्डयन प्राधिकरणविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

नेपालखबर
साउन २७, २०८१ आइतबार १५:४६, काठमाडौँ

समाचारको विषयलाई लिएर नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यरत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

नेपाल पत्रकार महासंघले पत्रकार महतोलाई ह्वाट्सप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महतोले नेपाल पत्रकार महासंघमा दिएको निवेदनअनुसार २०८१ साउन २६ गते शनिबार बिहान १०ः४९ बजे र आइतबार बिहान ११ः०१ बजे १ (६७८) ५२३–६५६९ नम्बरको ह्वाट्सपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफू र आफ्नो परिवारसमेतलाई ज्यानमार्ने धम्की दिएको जनाइएको छ।

उक्त अनलाइनमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमिततासम्बन्धी प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेपछि यस किसिमको धम्की आएको पत्रकार महतोको निवदेनमा उल्लेख छ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनोसो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकार र पत्रकारका परिवारसमेतलाई भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ।
 

महासंघले ‘प्रेस स्वतन्त्रताविरोधी यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण’ गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .