समाज


भक्तपुरको नागदहमा यसरी मनाइयो नागपञ्चमी (तस्बिर)

भक्तपुरको नागदहमा यसरी मनाइयो नागपञ्चमी (तस्बिर)

सरोज बैजु
साउन २५, २०८१ शुक्रबार ११:११, काठमाडौँ

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज (शुक्रबार) घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ। 

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघगर्जन र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

नाग पूजाको प्रचलन वैदिक कालमै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। 

नाग रिसाए भने पानीको अभाव हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ।

वराहपुराणअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

यसै क्रममा आज भक्तपुरस्थित नागदहमा पनि नागपञ्चमी पर्व मनाइएको छ।

स्थानीयले पोखरीको बीचमा रहेको नागको मूर्तिमा पूजा गरी पर्व मनाएका हुन्।

आज नागलाई गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।

हेर्नुहोस् भक्तपुरको नाग पोखरीमा नागपञ्चमी मनाइएका तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad