समाज


२२ वर्षीया युवती रुखमा झुन्डिएको अवस्थामा मृत, माइती पक्ष नमान्दा रातभर जंगलमै राखियो शव

२२ वर्षीया युवती रुखमा झुन्डिएको अवस्थामा मृत, माइती पक्ष नमान्दा रातभर जंगलमै राखियो शव

नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:३८, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका-३  तिलकपुरमा एक युवती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। 

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी उमेश जोशीका अनुसार स्थानीय २२ वर्षीया सानु विष्ट घरनजिकैको जंगलकाे रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

‘घटना बुधबार साँझको हो। हामीलाई साढे ६ बजेतिर खबर आएको थियो’, डीएसपी जोशीले टेलिफोनमा नेपालखबरसँग भने, ‘माइती पक्षले आफूले हेर्नपर्ने भनेकाले शव रातिदेखि घटनास्थलमै छ।’

उनका अनुसार सानुकी माइती पक्षका मानिस आज बिहान घटनास्थल आइपुगेका छन्। ‘अब छलफल हुन्छ र शव व्यवस्थापन प्रक्रिया अघि बढ्ला’, डीएसपी जोशीले भने। 

उनका अनुसार युवती विवाहित हुन्। श्रीमान् पनि घरमै छन्। 

‘तर सन्तान छ/छैन लगायत अन्य कुरा बुझिसक्न पाइएको छैन, अनुसन्धान गर्दै छौँ’, डीएसपी जोशीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad