कारोबार


हिमालय ऊर्जा विकास कम्पनीले निष्काशन गर्‍यो हकप्रद सेयर

हिमालय ऊर्जा विकास कम्पनीले निष्काशन गर्‍यो हकप्रद सेयर

नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:४०, काठमाडौँ

हिमालय ऊर्जा विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ।

कम्पनीले एक सय अंकित दरका ९९ लाख कित्ता साधारण सेयरको हकप्रद सेयर अनुपात १ सेयर बराबर १ सेयर हुने गरी निष्काशनमा ल्याएको हो। 

बिहीबारबाट निष्काशन गरेको कम्पनीले हकप्रदमा आवेदन दिने अन्तिम म्याद १२ गते राखेको छ।  

यो कम्पनीको नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसाले ऋणात्मक छ।

चालू आवमा कम्पनीले नेटवर्थ  बढाएर ९१ रुपैयाँ ०७ पैसा र प्रतिसेयर आम्दानी ऋणात्मकबाट ०.४४ पैसा पुर्‍याउने अपेक्षा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad