समाज


बहराइन हिँडेका ३० नेपाली दुबईबाटै फिर्ता

बहराइन हिँडेका ३० नेपाली दुबईबाटै फिर्ता

नेपालखबर
फागुन १९, २०७६ सोमबार ९:५९,

बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाटै फिर्ता गरिएको छ। कोरोना भाइरसको त्रासका कारण नेपालीहरुलाई  बहराइन प्रवेश नदिइएको जनाइएको छ।

सगरमाथा संवाद स्थगनसम्बन्धी जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपाल उच्च जोखिमको क्षेत्रमा परेपछि उनीहरुलाई इमिग्रेसनले प्रवेश नदिएको जानकारी दिए।

बहराइनले कोरोना प्रभावित मुलुकसँगको सबै उडान रोकेको छ। 

 मन्त्रालयका मध्यएसिया डिभिजन प्रमुख हरिश्चन्द्र घिमिरेका अनुसार उनीहरुलाई आइतबार नै फिर्ता गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad