परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलको कार्यसम्पादन र निष्ठामाथि प्रश्न उठाएर फिर्ता नबोलाएको प्रस्ट पारेका छन्।
सोमबार राजधानीमा आयोजित सगरमाथ संवाद कार्यक्रमको स्थगनबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले छिमेकी मूलकुमा उच्च राजनीतिक तहको व्यक्तिको प्रतिनिधित्व हुँदा काम गर्न सहज हुने भएका कारण राजदूत पौडेललाई फिर्ता बोलाएको बताएका हुन्।
‘छिमेकी मुूलकुहरुमा समेसम्म उच्च थहको राजनीतिक प्रतिनिधित्व गराउनु उचित हुन्छ जसले गर्दा हामीलाई काम गर्न सजिलो हुन्छ’, मन्त्री ज्ञवालीले भने, ‘पौडेलको निष्ठ र कार्यसम्पादनमाथि कुनै प्रश्न छैन। उहाँ ब्युरोक्रेसीको सफल र निष्ठावान मान्छे हो।’
उच्च तहको राजनीतिक व्यक्तिलाई पठाउँदा दुई देशको सम्बन्धलाई र कतिपय राजनीतिक मुद्दा समेत हल गर्न सजिलो हुने उनको भनाइ थियो। उनले यसलाई अतिरञ्जित रुपमा नबुझ्न समेत आग्रह गरे।

प्रतिक्रिया