समाज


क्वारेन्टाइनमा राखिएका कसैलाई पनि कोरोना नभएको पुष्टि, आजै घर जान पाउने

क्वारेन्टाइनमा राखिएका कसैलाई पनि कोरोना नभएको पुष्टि, आजै घर जान पाउने

नेपालखबर
फागुन १९, २०७६ सोमबार ९:४४,

चीनको वुहानबाट उद्दार गरेर भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका १७५ जनामै कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य जाँच गरिएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरी भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखेको थियो।

कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिने भएपछि उनीहरुलाई भक्तपुर क्वारेन्टाइनमा विशेष निगरानीमा राखिएको थियो। ल्याएलगत्तै गरिएको पहिलो स्वास्थ्य परिक्षणमा पनि सबै जना स्वास्थ्य पाइएको थियो। 

त्यसपछि क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि शनिबार उनीहरुको दोस्रो पटक घाँटी र नाकँको स्वाव लिइएको थियो। त्यसको रिपोर्ट आज आएको हो।  

सबैको रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई चाहेमा आजै घर जान दिइने मन्त्रालयले जनाएको छ। 

चालक दलका सबै सदस्य पनि स्वस्थ

वुहानबाट नेपालीलाई लिएर फर्केको विमानका चालकदलका सबै सदस्य स्वस्थ रहेका छन्।

नेपाल वायुसेवा निगमको विमानका १८ जनै चालकदलका सदस्यमा दुई सातासम्म पनि कुनै स्वास्थ्य समस्या नरहेको स्वास्थ्य सचिव खगराज बरालले जानकारी दिए।

‘उहाँहरुलाई १५ दिन नगरकोटमा अलग्गै राखिएको थियो,’ सचिव बरालले भने।

उनका अनुसार शनिबार सबै जनाको दोस्रो स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा कोही पनि संक्रमित भएका छैनन्।

यो पनि: मिस हुनेछन् खरिपाटी क्वारेन्टाइनका साथी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad