ad ad

समाज


आज भोटोजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज भोटोजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार ५:३६, काठमाडौँ

सरकारले आज (साउन २० गते) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। 

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन (भोटोजात्रा पत्र) परेकाले आज उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। 

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले भनेको छ। 

यसैबीच वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ। 

मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउन लागिएको हो।

केही वर्षदेखि गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन्। यो जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि आज जावलाखेल जाँदैछन्। समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागीता रहने गुठी संस्थान ललितपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .