कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बसिररहेको छ। प्राविधिक त्रुटी वा केही भैपरी नआए आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ।
टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइट मार्फत् नतिजा हेर्न सकिने जानकारी गराएको हो।
हेर्नुहोस् टेलिकमको सूचना

507
Shares

प्रतिक्रिया