ad ad

समाज


राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा जातीय पहिचान झल्किने पोशाक लगाउन पाइने

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा जातीय पहिचान झल्किने पोशाक लगाउन पाइने

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८१ बिहिबार ९:३८, काठमाडौँ

सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न पाइने जनाएको छ। 

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो। 

राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले चारबुँदे निर्देशन जारी गर्दै आफू मातहतका सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो। 

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशनसमेत दिएको छ। 

राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज र थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ। 

यस्ता छन् विभागका निर्देशन


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .